२९ भदौ २०८३, सोमबार | September 15, 2026

लुम्बिनी र मधेश प्रदेशका १५ सय युवालाई स्वदेशमै स्वरोजगार बनाइँदै



बुटवल । रोजगारी गुमाएर विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने भएको छ । विदेशबाट फर्किएका मधेस र लुम्बिनी प्रदेशका युवाहरुलाई सीपमूलक तालीम दिएर स्वरोजगार र उद्यमी बनाइने भएको हो ।

शिक्षा पत्रकार समूह द्वारा शनिबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उद्यमी बनाउने तयारी सुरुभएको जानकारी गराइएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रम प्रशंसनीय रहेको बताए । उनले प्रदेशका निकायहरुसँग समन्वय गरे कार्यक्रम कार्यान्वन गर्न सहज हुने बताउँदै कार्यान्वयन र अनुगमनको चरणमा पनि मन्त्रालयले सहयोग गर्ने बताए ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेको भन्दै तालीम दिन भन्दा पहिले लिन चाहेकाहरुबाट लिन चाहने तालीमको पहिचान गर्नुपर्ने बताए । ‘कस्तो रोजगार चाहेको हो त्यो व्यक्तिको पहिचान गर्न आवश्यक छ,’ उनले भने – ‘यस कार्यक्रमलाई प्रदेश सरकारले अगाडि सारेका रोजगारीसँग सम्बन्धित कार्यक्रममा पनि जोडन सकिन्छ ।’

बिट्रिस काउन्सिल–दक्षता परियोजना टिम लिडर एरिक विन्थर स्मिटले विदेशबाट फर्केका युवालाई स्वरोजगार र पुनः विदेश फर्कन चाहनेहरुको पनि दक्षता विकास गर्ने लक्ष्य लिएर यो परियोजना संचालन गरिएको स्पष्ट पारे। परियोजनाले स्वरोजगारी र उद्यममा उल्लेख्य प्रभाव पार्ने उनको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा यूएनडीपीले ब्रिटिश काउन्सीलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र यूरोपियन युनियनको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

सिटिइभिटीका निर्देशक दिपक प्रसाद पौडेलले युवाहरुलाई सीपयुक्त तालीम प्रदान गर्दा सबै क्षेत्रलाई समेट्न आवश्यक रहेको बताए । १५ सयलाई दिने सीपयुक्त तालिम हेरेर सिटिइभिटीले पाठ्यक्रम बनाउन तयार रहेको उनले जानकारी दिए।

यूएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा.मुकुन्दमणि खनालले ५ लाख ७२ हजार नेपाली कामदार कोभिडका कारण नेपाल फर्किएका भन्दै उनीहरुलाई सीप र तालीम प्रदान गर्न सके स्वदेशमै स्वरोजगार र उद्यमी बनाउन सकिने बताए । खनालका अनुसार फर्केका मध्य ६६ प्रतिशत कोभिडका कारण रोजगारी गुमाएर नेपाल फर्केका हुन् । विभिन्न निकायले गरेको अध्ययनबाट ४३ लाख नेपाली युवाहरु रोजगारीका लागि विदेश गएको पाइएको छ । ति मध्य ७० प्रतिशत युवाहरु खाडी मुलुकमा छन् ।

कार्यक्रमले सिपको मापन गरी पाठ्यक्रम बनाई रोजगारीका अवसर सुनिश्चित गरिने उनको भनाइ छ । कृषि, निर्माण र पर्यटनलाई प्राथामिकतामा राखेर तालिमका प्याकेज बनाइएको उनले जानकारी दिए । कोभिडको कारण रोजगार गुमाएकाहरुलाई रोजगारमा जोड्ने कार्यक्रमको लक्ष्य रहेको पनि उनले बताए ।

खनालका अनुसार रोजगारी गुमाएका, १८ वर्ष पूरा भएको, मधेश र लुम्बिनी प्रदेशका ११ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । अहिले तथ्याङक संकलन भइरहेको र हालसम्म लुम्बिनीमा ५ सय र मधेशमा ३ सय जनाको तथ्याङ्क संकलन भइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षासँगै शिप जोडिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : १५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ