७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलमा तोडियो गठबन्धन जसपाबाट मेयर र उपमेयर दुबैमा उम्मेदवारी



बुटवल । पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने केन्द्रीय निर्णय विपरित बुटवलमा गठबन्धन भित्रको जनता समाजवादी पार्टी (जसपा)ले नगर प्रमुख र उप प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । केन्द्रीय निर्णय अनुसार देशैभर गठबन्धन गर्ने भनिएपनि बुटवलमा जसपाले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएपनि वडाहरुमा भने उम्मेदवारी दर्ता गराईएको छैन । भोलि सम्ममा वडाहरुमा पनि उम्मेदवारी दर्ता हुने सो पार्टीले जनाएको छ ।

राजपाबाट बुटवल उपमहानगरमा मेयर पदमा ३८ वर्षिय युवा उम्मेदवार सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन भित्रका ठुला दलहरुले बेवास्ता गरेपछि बाध्य भएर उम्मेदवारी दिन परेको जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज कमल खनालले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ०२ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका