२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

१८ अर्ब ६० करोडको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै २८ दिने र ९१ दिन गरी गरी दुई किसिमको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

ट्रेजरी बिलका लागि भने सोमबार दिउँसो ३ बजेसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।

सार्वजनिक बोलकबोलमार्फत बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत बिना प्रतिस्पर्धात्मक प्रणालीमार्फत वितरण गरिने बैंकले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५० बजे

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई घाइते

जनकपुर । महोत्तरीमा डाँका चोरीमा संलग्न समूहले गोली प्रहार गर्दा

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका