६ श्रावण २०८३, बुधबार | July 22, 2026

मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नका लागि तोकिएको पहिलो दिन देशभर ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि तोकिएको पहिलो दिन आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको हो । जसअनुसार अध्यक्ष वा प्रमुख पदमा १ हजार ३५ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, उपाध्यक्ष वा उपप्रमुख पदमा पहिलो दिन ५ सय ९९ जनाको उम्मेदवारी दर्ता भएको छ भने वडा अध्यक्ष पदमा ३ हजार १ सय ७१ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका हुन् ।

यसैगरी, खुला सदस्य पदमा देशभर उम्मेदवारको मनोनयन दर्ताको पहिलो दिन ३ हजार ७ सय १३ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्य पदमा १ हजार ७ सय ७० जनाको उम्मेदवारी परेको छ । यसैगरी दलित महिला सदस्य पदमा १ हजार ३ सय ६९ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि सोमबार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नका लागि समय दिएको छ । आइतबार भने धेरै जसो दलका उम्मेदवारका भन्दा पनि स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको हो ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित हुनेछ भने मंगलबार दाबीविरोधको समय निर्धारण गरिएको छ ।

काठमाडौंको मेयरमा १६ जनाको उम्मेदवारी

आइतबार काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । काठमाडौंको मेयरका लागि पहिलो उम्मेदवारी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव आनन्दराज जोशीले दिएका हुन् । यसैगरी, रविकान्त मानन्धर र राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, ¥यापर बालेन शाह (बालेन)पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटाले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट सुरेशरत्न बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन् भने नेपाल समावेशी पार्टीका तर्फबाट रामबहादुर खड्काले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् ।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट सीता तामाङले पनि मेयर पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । यसैगरी, मौलिक जरोकिलो पार्टीको तर्फबाट मनोजराज आचार्यले मेयर पदमा उम्मेदवारी दिँदा ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

यसैगरी, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । मेयर पदमा उम्मेदवारी दिने अन्यमा अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी परेको छ ।

यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएका छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज