७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौंको मेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डंगोलद्वारा उम्मेदवारी दर्ता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपमेयरमा सुनिता डंगोलले पनि एमालेबाट उम्मेदवारी दर्ता गराएकी छिन् ।

रत्नपार्क शान्तिबाटिकामा जम्मा भएका एमालेका नेता कार्यकर्तासहितको जलुससहित राष्ट्रियसभास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले दुई दिनअघि मात्र स्थापित र डंगोललाई मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
स्थापितले यसअघि पनि काठमाडौं महानगरको नेतृत्व गरेका छन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा स्थापित मेयरमा विजयी भएका थिए । यस्तै, ज्ञानेन्द्र शाहको शासन कालमा पनि उनी मेयरमा मनोनित भएका थिए ।

मिस नेवाः २०२१ डंगोल स्वतन्त्र रुपमा मेयरमा घोषणा गरेकी थिइन । पछि उनी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर छलफल गरेपछि उनलाई एमालेले उपमेयर बनाउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४१ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि