२७ असार २०८३, शनिबार | July 12, 2026

निर्वाचनमा गृहमन्त्रीकै पार्टीबाट आचारसंहिता उल्लंघन, बालबालिकालाई जुलुसमा प्रयोग



बुटवल । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २ अन्तर्गत दफा ४ को उपदफा ६ मा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई दलका निर्वाचन गतिविधि, प्रचारप्रसार तथा निर्वाचनसंग सम्बन्धित कुनैपनि गतिविधिमा प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेपनि दलहरुले निर्वाचन आचारसंहिता पालना गर्न आवश्यक सम्झेका छैनन् । आचारसंहिता कार्यान्यन गर्ने गराउने जिम्मा पाएको गृहमन्त्री कै पार्टीले गृह जिल्लामा बालबालिकाको प्रयोग गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता सहित बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा कुनैपनि राजनितिक दलहरुले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुस जस्ता कार्यहरुमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएपनि गृहमन्त्री बालकृष्ण खाणकै पार्टी नेपाली कांग्रेसले उम्मेदवारी मनोनयनकै दिन बालबालिकाको प्रयोग गरेको छ ।

ऐनमा नै व्यवस्था गरेर ऐन विपरित कुनैपनि राजनितिक दल, संगठन वा व्यक्तिले त्यस्ता कार्यहरुमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रुपमा मानि सोही ऐनको दफा ७२ मा ७५ हजार रुपियांसम्म जरिवाना र तीन वर्ष कैदको व्यवस्था गरिएको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताका क्रममा बालबालिकाको प्रयोग गरेको पाइएको हो ।

सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुखको उम्मेदवारी दर्ता गर्न गएका नेपाली कांग्रेसका उम्मेदवारहरुले कलिला बालिकाहरुलाई चुनावी ¥यालीमा प्रयोग गरेका छन् । नेपाली कांग्रेसका सयौं नेता तथा कार्यकर्ताहरुको माझमा बालबालिकासम्बन्धी ऐन, २०७५ र निर्वाचन आचारसंहिता विपरित पञ्चकन्याको रुपमा साना बालिकाहरुलाई अगाडी लगाएर कांग्रेसका उम्मेदवारहरु मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मध्य बैशाखको चर्को गर्मिमा सारी र चौबन्दी चोलो सहित गरगहनामा लगाइदिएर बालिकाहरुलाई हातमा कलश बोकाएर कांग्रेस उम्मेदवारहरु ठांटका साथ बालबालिकाका पछिपछि हिंडिरहेका थिए । तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाई रामकृष्ण खाणले नगरप्रमुखमा उम्मेदवारी दिने क्रम मा ती बालबालिकाको प्रयोग भएको हो ।

बालबालिकाहरुको हित तथा संरक्षणका लागि कानुन बनाउने राजनितिक दलहरुले नै कानुनको खिल्ली उडाउंदै बालिकाहरुको दुरुपयोग गरिएको भन्दै मानवअधिकारकर्मीहरुले आलोचना गरेका छन् ।

आफैले प्रतिबद्धता व्यक्त गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता विपरित बालबालिकाको प्रयोग भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले बताए । उनले यस्तो कार्य प्रति निर्वाचन पर्यवेक्षकको हैसियतले आयोगको ध्यानाकर्षण गराउने समेत बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : २७ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका