११ पुस २०८२, शुक्रबार | December 26, 2025

भक्तपुरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोचोकमा गएराति ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षिय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।

उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा राति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षिय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भैरहेको छ ।

बा ४ ख ८५८१ नम्बरको ट्रिपरले गएराति साढे १२ बजे बाग्मति प्रदेश ०२-०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ५७ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’