२७ मंसिर २०८२, शनिबार | December 13, 2025

पुरानै लयमा फर्कियो वैदेशिक रोजगारी : एक वर्षमा पाँच लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?



काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार सो अवधिमा कूल ५ लाख ९ हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा घटेको थियो, जसले नेपाल भित्रने रेमिट्यान्समा समेत असर गरेको छ ।
२०७८ सालमा प्रत्येक महिना औषतमा ४२ हजार ४६६ जनाभन्दा बढीले विभागबाट श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका छन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो ।

कोरोना महामारी सुरु भएको वर्ष २०७६र७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारीमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७र७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।
कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा नेपाल भित्रने रेमिट्यान्समा पनि वृद्धि हुने आशा गरिएको छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पछिल्लो समय नेपाल भित्रने रेमिट्यान्स घट्दै गएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो आठ महिना ९साउनदेखि फागुनसम्म०मा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १।७ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ०० बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु