१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बागी उम्मेदवारलाई फकाउनै हैरान



सुर्खेत । बागी उम्मेदवारी दिएकाहरूलाई दलका आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता गर्न फकाउन काेसिस गरिरहेका छन् । तर, पार्टीले टिकट नदिपछि बागी बनेकाहरूलाई फकाउन निकै मुस्किल भइरहेकाे आधिकारिक उम्मेदवारकाे भनाइ छ ।

गठबन्धनबाट आधिकारिक उम्मेदवारी दिएकाे स्थाहरूका धेरै बागी परेकाे छ । भागबण्डा टुंगो लगाउन समय लगाएपछि अधिकांश ठाउँमा बागी उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जाजरकोटको बारेकोट, जुनिचाँदे र छेडाडगाडबाहेक जिल्लाका अधिकांश ठाउँमा बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिम र सुर्खेतमा गठबन्धन दलहरूबीचमा सहमति नै हुन सकेको थिएन ।

यहाँ सत्तारुढ दलहरूले छुट्टाछुटै मनोनयन दर्ता गराएका थिए । बाँकी आठ जिल्लामा अधिकांश ठाउँमा बागी उम्मेदवार धेरै रहेको मुख्य निर्वाचन अधिकृको कार्यालयले जनाएको छ । नेकपा एमालेबाट उम्मेदवार भएको ठाउँमा बागी परेको छैन ।

बागी उम्मेदवारी दिनेमा नेपाली कांग्रेस अगाडि छ । आधिकारिक उम्मेदवारले बागी उम्मेदवार भएका व्यक्तिलाई फकाउँदै समय लाग्ने गरेको उनीहरूकाे भनाइ छ । यता प्रदेश इन्चार्ज र सभापतिहरूले बागीलाई तत्काल उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । जिल्ला स्वतन्त्र उम्मेदवारहरूको संख्या समेत निकै बढी छ ।

कर्णाली प्रदेशका १० जिल्लामा एक सय ६३ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षमा तीन सय जना र उपाध्यक्षमा दुई सय ७६ जनाले उम्मेदवारी दिएका छन् । सबै तहमा जम्मा १२ हजार आठ सय ४८ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । कर्णाली प्रदेशमा प्रमुखभन्दा उपप्रमुखमा कमको उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्षमा भन्दा उपाध्यक्षमा कम उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार सल्यानमा प्रमुखमा १५ जना, उपप्रमुखमा १७ जना, अध्यक्षमा ३७ जना, उपाध्यक्षमा ३५ जना र वडाध्यक्षमा ३६४ जनाले उम्मेदवारी दिएका छन् । डोल्पामा प्रमुखमा १२, उपप्रमुखमा १५, अध्यक्षमा ११, उपाध्यक्षमा ११ र वडाअध्यक्ष १६५ जनाले उम्मेदवारी दिएका छन् ।

मुगुमा प्रमुखमा आठ जना, उपप्रमुखमा ६ जना, अध्यक्षमा १२ जना, उपाध्यक्षमा सात जना र वडाध्यक्षमा एक सय २७ जनाले उम्मेदवारी दिएका छन् । जुम्लामा प्रमुखमा नाै जना, उपप्रमुखमा आठ, अध्यक्षमा ५०, उपध्याक्षमा ५० र वडाध्यक्ष ३३२ जनाले उम्मेदवारी दर्ता गराएको पाइएको छ । कालीकोटमा प्रमुखमा १४, उप्रमुखमा ११, अध्यक्षमा ५२, उपाध्यक्षमा ४६ र वडाध्यक्षमा चार सय दुई जनाले उम्मेदवारी दिएका छन् ।

हुम्लामा प्रमुखमा सून्य, उपप्रमुखमा सून्य र अध्यक्षमा २९ र उपाध्यक्षमा ३५ र वडाध्यक्षमा एक सय ६७ जनाले उम्मेदारी दिएका छन् । जाजरकोटमा प्रमुखमा १५ , उपप्रमुखमा १२ र अध्यक्षमा १८, उपाध्यक्षमा १८ जनाले, वडाध्यक्षमा तीन सय जनाले उम्मेदवारी दिएका छन् ।

दैलेखमा प्रमुखमा २६, उपप्रमुखमा २६, अध्यक्षमा ५०, उपाध्यक्ष ३९ र वडाध्यक्षमा चार सय ७० जनाले उम्मेदवारी दिएका छन् । सुर्खेतमा प्रमुखमा ४८, उपप्रमुखमा ४१, अध्यक्षमा २३, उपाध्यक्षमा २३ र वडाध्यक्ष चार सय ९९ जनाले उम्मेदवारी दिएका छन् ।

रुकुम पश्चिममा प्रमुखमा १६, उपप्रमुखमा १२, अध्यक्षमा १८, उपाध्यक्षमा १२ र वडाध्यक्षमा दुई सय २७ जनाले मनोनयन दर्ता गरेका छन् । कर्णाली प्रदेशमा ७९ स्थानीयत तह रहेका छन् ।

बागी उम्मेदवारहरूले १६ वैशाखसम्ममा उम्मेदारी फिर्ता लिने समय रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशका अध्यक्ष तथा इन्चार्जहरूले बागी उम्मेदवारी दिएका व्यक्तिले तुरुन्तै फिर्ता लिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ११ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल