२९ भदौ २०८३, सोमबार | September 15, 2026

एन्फा महिला संघमा पेमा विजयी



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित भएकी छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् ।

कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे ।

यस्तै, सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भए । निर्वाचित अध्यक्ष पेमाले खेलाडीको मागअनुसार नै आफू भारी मतले विजयी भएको प्रतिक्रिया दिइए । खेलाडीको चाहनाअनुसार नै आएको छु । सबैलाई बधाई दिन चाहन्छु, पेमाले न्युज कारखानासँग भनिन् ।

यससँगै एन्फाअन्तर्गत चार संघको निर्वाचन पूरा भएको छ । खेलाडी संघमा विक्रम लामा, प्रशिक्षक संघमा राजेन्द्र तामाङ र रेफ्री संघमा बुद्धि गुरुङ सर्वसम्मत अध्यक्ष चुनिए ।

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ३ : ४६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ