११ पुस २०८२, शुक्रबार | December 26, 2025

टिपर, बस र कार ठोक्किदा २८ जना घाइते



चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किदा २८ जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बि ए ए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

आपसमा ठोक्किदा बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ०१ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको