७ पुस २०८२, सोमबार | December 22, 2025

टिकटको आसमा राजीनामा दिए, अहिले रित्तै भए



पोखरा । पोखरा महानगरपालिकामा आउँदो ५ वर्षका लागि जनप्रतिनिधि बन्ने आसमा पार्टीबाट टिकट माग्दै बहालवाला पदबाट राजीनामा दिएका अधिकांशले टिकट पाएका छैनन् । २ वडाध्यक्ष सहित ३१ जना वडा सदस्यहरूले टिकट नपाएका हुन् ।

कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु र ४ बाट निर्वाचित शंकर बास्तोलाले पार्टीबाट टिकट पाउने संकेतले राजीनामा बुझाए । तर उनीहरूको ठाउँमा पार्टीले नयाँलाई टिकट दियो । उनीहरू अहिले रित्तै भएका छन् ।

राजीनामा बुझाएर टिकट नपाउनेमा अधिकांश एमाले जनप्रतिनिधि छन् । वडा नम्बर १४ का जितेन्द्र जंग थापा, ढोलबहादुर गुरुङ, १५ की पार्वती कार्की, ३ की लक्ष्मी पराजुली, रवीन कायस्थ र जितेन्द्र कायस्थ, ११ का जंगबहादुर हमाल ठकुरी, मीनबहादुर गुरुङ र तीर्थकुमारी गुरुङले राजीनामा दिए पनि टिकट नपाएका हुन् ।

यस्तै, कार्यपालिका सदस्य यशोदा केसी, वडा नम्बर ९ की राममाया मानन्धर र सुरेश खन्खवास, वडा नम्बर २ का प्रमोद पराजुली, ३० की रमा नेपाली, २७ की सरस्वती सार्की, ४ का सुवर्ण केसी, २४ की सन्तु सुवेदी र अग्नीधर त्रिपाठीले पनि टिकटको आसमै राजीनामा बुझाएका हुन् ।

वडा नम्बर ३२ का विष्णुप्रसाद तिवारी, २९ का थलबहादुर पाण्डे, १२ का निर्मलबहादुर थापा, ८ की किरण गौतम, ७ की सुकमाया नेपाली र दिनबन्धु पौडेल, ५ का पुष्पराज बराल र उज्ज्वल खत्री, २२ का मातृका बराल, ८ का पुष्पराज सिग्देलले राजीनामा दिए पनि टिकट पाएनन् । वडा नम्बर २६ का रामकृष्ण जिसी पार्टीले टिकट नदिएपछि बागी उठेका छन् ।

यस्तै, अघिल्लो पटक सदस्य जितेका ५ जना भने अहिले अध्यक्षमा उठेका छन् । १२ मा देशभक्त केसी, १ मा सहारा प्रधान, ७ मा किशोर बराल, १७ मा राधिका शाही योगी र ६ मा विष्णुबहादुर भट्टराई अध्यक्षमा उम्मेदवार बनेका हुन् । ६ का जगतबहादुर पहारी, ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ, ३२ का अक्कलबहादुर कार्की र ३३ का शिव आचार्य दोहोर्‍याएर वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ४४ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले