२२ भदौ २०८३, सोमबार | September 7, 2026

टिकटको आसमा राजीनामा दिए, अहिले रित्तै भए



पोखरा । पोखरा महानगरपालिकामा आउँदो ५ वर्षका लागि जनप्रतिनिधि बन्ने आसमा पार्टीबाट टिकट माग्दै बहालवाला पदबाट राजीनामा दिएका अधिकांशले टिकट पाएका छैनन् । २ वडाध्यक्ष सहित ३१ जना वडा सदस्यहरूले टिकट नपाएका हुन् ।

कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु र ४ बाट निर्वाचित शंकर बास्तोलाले पार्टीबाट टिकट पाउने संकेतले राजीनामा बुझाए । तर उनीहरूको ठाउँमा पार्टीले नयाँलाई टिकट दियो । उनीहरू अहिले रित्तै भएका छन् ।

राजीनामा बुझाएर टिकट नपाउनेमा अधिकांश एमाले जनप्रतिनिधि छन् । वडा नम्बर १४ का जितेन्द्र जंग थापा, ढोलबहादुर गुरुङ, १५ की पार्वती कार्की, ३ की लक्ष्मी पराजुली, रवीन कायस्थ र जितेन्द्र कायस्थ, ११ का जंगबहादुर हमाल ठकुरी, मीनबहादुर गुरुङ र तीर्थकुमारी गुरुङले राजीनामा दिए पनि टिकट नपाएका हुन् ।

यस्तै, कार्यपालिका सदस्य यशोदा केसी, वडा नम्बर ९ की राममाया मानन्धर र सुरेश खन्खवास, वडा नम्बर २ का प्रमोद पराजुली, ३० की रमा नेपाली, २७ की सरस्वती सार्की, ४ का सुवर्ण केसी, २४ की सन्तु सुवेदी र अग्नीधर त्रिपाठीले पनि टिकटको आसमै राजीनामा बुझाएका हुन् ।

वडा नम्बर ३२ का विष्णुप्रसाद तिवारी, २९ का थलबहादुर पाण्डे, १२ का निर्मलबहादुर थापा, ८ की किरण गौतम, ७ की सुकमाया नेपाली र दिनबन्धु पौडेल, ५ का पुष्पराज बराल र उज्ज्वल खत्री, २२ का मातृका बराल, ८ का पुष्पराज सिग्देलले राजीनामा दिए पनि टिकट पाएनन् । वडा नम्बर २६ का रामकृष्ण जिसी पार्टीले टिकट नदिएपछि बागी उठेका छन् ।

यस्तै, अघिल्लो पटक सदस्य जितेका ५ जना भने अहिले अध्यक्षमा उठेका छन् । १२ मा देशभक्त केसी, १ मा सहारा प्रधान, ७ मा किशोर बराल, १७ मा राधिका शाही योगी र ६ मा विष्णुबहादुर भट्टराई अध्यक्षमा उम्मेदवार बनेका हुन् । ६ का जगतबहादुर पहारी, ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ, ३२ का अक्कलबहादुर कार्की र ३३ का शिव आचार्य दोहोर्‍याएर वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ४४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा