२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार



नेपालगञ्ज । बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपाकिा र डडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी परेको हो ।

जिल्लामा गठवन्धन दलको तर्फबाट अधिकांश ठाउँमा महिला उम्मेदवार छैनन् । नरेनापुर गाउँपालिकाको अध्यक्षमा पदमावती यादव र डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा सरोज कुमारी यादवले सो पार्टीको तर्फबाट उम्मेदवारी दिएकी छिन । पदमावती यसअघि साविक नरेनापुर गाविसको अध्यक्ष समेत थिइन ।

नेपालको संविधानले समावेशी सिद्धान्तलाई अङ्गिकार गरेपनि यस पटकको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता जिल्लामा न्यून देखिएको छ । महिला तथा दलित कोटाको सदस्य पदका लागि पनि उल्लेख्य उम्मेदवारी नपरेपनि प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको जिल्लास्थित निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन् ।

एमालेको तर्फबाट खजुरा गाउँपालिकाको उपाध्यक्षमा सजरुला निशा, जानकी गाउँपालिको उपाध्क्षमा भूमिशरा धिताल, राप्ती सोनारीको उपाध्यक्षमा चमेली वागबान, कोहलपुर नगरपालिकाको उप्रमुखमा अस्मिता थारु, बैजनाथ गाउँपालिकामा उपाध्यक्ष प्रेमपूर्ण योगी र नेपालगञ्ज उपमहानगरपालिकामा शान्ति ढकालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन ।

जिल्लाको खजुरा गाउँपालिकामा उपाध्यक्ष पदमा महिला छ, वडाध्यक्ष एक, खुल्ला महिला सदस्यमा छ को उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महिला सदस्यमा ३५ र दलिततर्फ ३४ को उम्मेदवारी परेको निर्वाचन अधिकृत कार्यालय, खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

बैजनाथ गाउँपालिकामा महिला सदस्य ३२ र दलिततर्फ ३० जनाको उम्मेदवारी परेको छ । नरेनापुरमा महिला ३६ र दलिततर्फ ३१ को मनोनयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोहलपुरमा नगरपालिकामा ६९ दलिततर्फ र १७६ महिला सदस्यतर्फ उम्मेदवारी परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकमा १३४ दलिततर्फ र १४९ महिला सदस्यतर्फ उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जले जनाएको छ । अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित नगरसभाले नै गर्ने प्रावधान रहेको नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ३७ बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन