३० बैशाख २०८३, बुधबार | May 13, 2026

बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार



नेपालगञ्ज । बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपाकिा र डडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी परेको हो ।

जिल्लामा गठवन्धन दलको तर्फबाट अधिकांश ठाउँमा महिला उम्मेदवार छैनन् । नरेनापुर गाउँपालिकाको अध्यक्षमा पदमावती यादव र डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा सरोज कुमारी यादवले सो पार्टीको तर्फबाट उम्मेदवारी दिएकी छिन । पदमावती यसअघि साविक नरेनापुर गाविसको अध्यक्ष समेत थिइन ।

नेपालको संविधानले समावेशी सिद्धान्तलाई अङ्गिकार गरेपनि यस पटकको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता जिल्लामा न्यून देखिएको छ । महिला तथा दलित कोटाको सदस्य पदका लागि पनि उल्लेख्य उम्मेदवारी नपरेपनि प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको जिल्लास्थित निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन् ।

एमालेको तर्फबाट खजुरा गाउँपालिकाको उपाध्यक्षमा सजरुला निशा, जानकी गाउँपालिको उपाध्क्षमा भूमिशरा धिताल, राप्ती सोनारीको उपाध्यक्षमा चमेली वागबान, कोहलपुर नगरपालिकाको उप्रमुखमा अस्मिता थारु, बैजनाथ गाउँपालिकामा उपाध्यक्ष प्रेमपूर्ण योगी र नेपालगञ्ज उपमहानगरपालिकामा शान्ति ढकालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन ।

जिल्लाको खजुरा गाउँपालिकामा उपाध्यक्ष पदमा महिला छ, वडाध्यक्ष एक, खुल्ला महिला सदस्यमा छ को उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महिला सदस्यमा ३५ र दलिततर्फ ३४ को उम्मेदवारी परेको निर्वाचन अधिकृत कार्यालय, खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

बैजनाथ गाउँपालिकामा महिला सदस्य ३२ र दलिततर्फ ३० जनाको उम्मेदवारी परेको छ । नरेनापुरमा महिला ३६ र दलिततर्फ ३१ को मनोनयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोहलपुरमा नगरपालिकामा ६९ दलिततर्फ र १७६ महिला सदस्यतर्फ उम्मेदवारी परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकमा १३४ दलिततर्फ र १४९ महिला सदस्यतर्फ उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जले जनाएको छ । अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित नगरसभाले नै गर्ने प्रावधान रहेको नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ३७ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला