११ पुस २०८२, शुक्रबार | December 26, 2025

३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी



काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारसम्ममा ७२ जिल्लामा मतपत्र छपाइ सम्पन्न गरेको जाएको छ ।

वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा ९१० मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउन महा-नगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारीचालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरेको जनाएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ११ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको