३० बैशाख २०८३, बुधबार | May 13, 2026

मनाङमा मतपत्र र परिचयपत्र हेलिकप्टरबाट ढुवानी



लमजुङ । हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ ।

सेनाको हेलिकप्टरमार्फत ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै आयोगले हेलिकप्टरमार्फत मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्री पठाएकाे बताए ।

मतपत्रलाई सुरक्षितसाथ राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । उनका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीलाई जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मामा राखिएको खनालले बताए । मनाङमा कुल ६ हजार ४ सय ९६ मतदाता छन् । जसमा ३ हजार ३ सय ४८ महिला र ३ हजार १ सय ४८ पुरुष छन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४८ बजे

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ । तनहुँको देवघाट गाउँपालिका(४ मा १२६ मेगावाट क्षमताको तल्लो

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई