१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नेकपाको विरासत एकीकृत समाजवादी बोकेको छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत आफ्नो पार्टीले बोकेको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाको विरासत एकीकृत समाजवादीले बोकेको दाबी गरेका हुन् । एमाले बिग्रिएपछि एकीकृत समाजवादी जन्मिएको र यसैले नेकपाको विरासत बोकेको अध्यक्ष नेपालको भनाइ छ ।

कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी जन्मिएको बताउँदै उनले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन र क्रान्तिकारी भावनालाई जोगाउन एकीकृत समाजवादी पार्टी गठन गरिएको जिकीर गरे ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको अध्यक्ष नेपालको दाबी छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : ३० बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक