११ पुस २०८२, शुक्रबार | December 26, 2025

लमजुङको अधिकांश स्थानीय तहका प्रमुखमा पुरानै अनुहार



लमजुङ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा लमजुङमा दोहोरिने उम्मेदवार धेरै छन् । लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।

लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकाको प्रमुखमा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दोहो¥यााएको छ । एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मस्र्याङदी गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डले पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

काग्रेसले गुमानसिंह अर्यालविरुद्ध बेसीशहर नगरपालिकाको प्रमुखमा श्रीकान्त घिमिरेलाई उठाएको छ । यस्तै राइनासमा एमालेका सिंह बहादुरविरुद्ध कांग्रेसका खड्कबहादुर गुरुङ, मध्यनेपालमा कांग्रेसका रमेशकुमारविरुद्ध एमालेका राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । मस्र्याङ्दीमा एमालेका अर्जुनविरुद्ध कांग्रेसका लोकनाथ घिमिरे चुनावी मैदानमा छन् ।

सुन्दरबजार नगरपालिकामा एमालेबाट भीमबहादुर गुरुङ र कांग्रेसबाट कृष्णप्रसाद कोइराला प्रमुख पदका लागि चुनावी मैदानमा छन् । दोर्दी गाउँपालिकामा एमालेका युवराज अधिकारी र माओवादी केन्द्रका लालबहादुर गुरुङ चुनावी मैदानमा छन् । क्वहोलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङबिच प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि दूधपोखरीमा एमालेका तेजबहादुर गुरुङ र कांग्रेसका धनप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : १९ बजे

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट