१० भदौ २०८३, बुधबार | August 26, 2026

देउवाप्रति बागी उम्मेदवारको आक्रोश



काठमाडौं । नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् ।

यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महा-नगरपालिकामा बागी उम्मेदवार बनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’

देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए । तर, उनी फकिएनन् । बागी उम्मेदवारी फिर्ता लिएनन् । नलिएपछि उनलाई शुक्रबार नै कांग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।

देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्– विमल कार्की । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उनले देउवाले कांग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन् ।

उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन् ।

सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए । अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : २९ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको