१४ असार २०८३, आइतबार | June 28, 2026

जिम्बावेविरुद्ध नेपालको खेल परिवर्तन, पहिला टी-२० हुने



काठमाडौं । नेपाल भ्रमणमा रहेको अफ्रिकन टोली जिम्बावे ‘ए’ विरुद्ध नेपालले पहिले टी-२० क्रिकेट शृंखला खेल्ने भएको छ ।

तीन एकदिवसीय र तीन टी-२० क्रिकेट शृंखलाका लागि नेपाल भ्रमण आएको जिम्बावेविरुद्ध यसअघि नेपालले एकदिवसीय शृंखला खेल्ने तय थियो ।

नेपाल र जिम्बावेबीचको एकदिवसीय शृंखलाको पहिलो खेल आज (शनिबार) ९:३० बजेदेखि सुरु हुने भनिए पनि वर्षाका कारण रद्द भएको थियो । सोही कारण नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नेपालले घरेलु मैदानमा पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टोलीविरुद्ध क्रिकेट शृंखला खेल्न लागेको हो ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ०८ बजे

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल