७ पुस २०८२, सोमबार | December 22, 2025

स्वतन्त्र उम्मेदवारले दलको झण्डा बोकेर मत मागे छैन कारबाही गर्ने कानुन



काठमाडौं । स्वतन्त्र उम्मेदवारले कुनै राजनीतिक दलको झण्डासहित निर्वाचन प्रचारमा लागे कारबाही गर्ने कानुनी व्यवस्था नभएको पाइएको छ ।

निर्वाचन ऐनमा यससम्बन्धी व्यवस्था नभएकै कारण स्वतन्त्र उम्मेदवारले दलको झण्डा नै बोकेर निर्वाचन अभियानमा लाग्दा पनि निर्वाचन आयोग र आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले कारबाही गर्न सकेका छैनन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्वतन्त्र उम्मेदवारले दलको झण्डा बोकेर मत माग्दै हिँडे के गर्ने भन्ने कानुनी व्यवस्था नभएको बताए ।

शनिबार निर्वाचन चिह्न ‘भुइँकटहर’ पाएपछि चितवनको भरतपुर महानगरपालिकाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कांग्रेसको चार तारे झण्डा ‘फ्लेक्स प्रिन्ट’मै छापेर निर्वाचन अभियान थालेका छन् ।

उनी कांग्रेसले साधारण सदस्यतासमेत खोसिएका उम्मेदवार हुन् । कांग्रेसले नै हटाएपछि उनको कांग्रेससँग सम्बन्ध छैन । नभए पनि उनले कांग्रेसको चार तारे झण्डा प्रयोग गरे ।

आयोगका प्रवक्ता अर्याल भन्छन्, ‘चार तारे झण्डा र रुख चिह्न त नेपाली कांग्रेसको हो । एक किसिमले हेर्दा त्यो रुखलाई मत मागेको हो । तर, पनि त्यसरी दलको झण्डा प्रयोग गरेर मत माग्छ भने कारबाही गर्ने कानुनी व्यवस्था छैन । नैतिक पक्षबाट अर्काको चिह्न प्रयोग नगर्दा राम्रो भन्ने मात्रै हो । प्रयोग गरे यसै गर्नुपर्छ भनेर ठ्याक्कै कहीँ लेखिएको छैन ।’

स्वतन्त्र उम्मेदवार बनेका पौडेल शुक्रबार कांग्रेसले अनुशासनको कारबाही गरेर हटाइएका हुन् । पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा (माओवादी केन्द्र) लाई दिनेगरी पाँच दलीय गठबन्धनबीच तालमेल भएपछि असन्तुष्टि जनाएका थिए ।

त्यसपछि १२ वैशाखमा उनी गठबन्धनकै उम्मेदवार रेणु दाहालको बागी बनेका हुन् । उम्मेदवारी फिर्ताको लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दबाब दिए पनि उनले फिर्ता लिएनन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ०३ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८