७ आश्विन २०८३, बुधबार | September 23, 2026

तोडफोड र आक्रमणमा उत्रिए गठबन्धनका कार्यकर्ता, देवदहको चरङ्गेमा एमालेको प्रचारसामग्री तथा सवारी साधनमाथि तोडफोड



बुटवल । निर्वाचनको माहोल भाड्ने गरी गठबन्धन दलहरुका कार्यकर्ताहरु कुटपिट र तोडफोडमा उत्रिएको एमालेले आरोप लगाएको छ । सत्ता र शक्तिको आडमा विपक्षी उम्मेदवारहरुलाई कुटपिट गर्ने, सवारी साधन माथी तोडफोडमा गठबन्धनका कार्यकर्ताहरु उत्रिएका अनिहरु माथी आरोप छ।

गएराती रुपन्देहीको देवदहमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारीमाथि गएराती तोडफोड भएको छ । देवदह-१० चरङ्गेमा नेपाली काँग्रेसका कार्यकर्ताद्वारा प्रचार सामग्री तथा सवारीमा तोडफोड भएको एमालेको आरोप छ ।

शनिबार राती करिब १२÷१ बजेको समयमा सडक लाइट तोडफोड गर्नुका साथै स्थानीयले घरअगाडी पार्किङ गरेका राखेका अटो रिक्सामा धारिलो हतियार प्रहार गरिएको छ । स्थानीय बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचार सामग्रीमा धारिलो हतियार प्रहार गरिएको छ । यसैगरी सोही ठाउँका स्थानीय सोमबहादुर खड्काको लु १ ह २५५६ नम्बरको अटो रिक्सामा समेत आक्रमण भएको पीडिहरुले बताएका छन् ।

योजनाबद्ध रुपमा मध्यरातमा आक्रमण गरिएको भन्दै नेकपा एमाले देवदह नगरकमिटीले घटनाप्रति आपत्ति जनाएको छ । स्थानीय तथा पीडित बुद्धिमायाका अनुसार शनिबार मध्य रातसम्म स्थानीय एक काँग्रेस नेताको घरमा भोज–भतेरसहित चर्को स्वरमा नाचगानको कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रम लगत्तै सडकमा राखिएको लाइटमा तोडफोड गरी स्थानीयले घरमा पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियारले आक्रमण भएको थियो ।

नेकपा एमालेको तर्फबाट देवदह-१० को वडा अध्यक्ष उम्मेदवार मनकुमार कनौजे मगरका अनुसार विपक्षी दलहरुले हारको मानसिकताले आक्रमण भएको हो । घटनापछि आइतबार विहान सञ्चारकर्मीहरुसँग बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा मतदाता तथा आम नागरिकहरुले सुरक्षाको प्रत्याभूत गर्न नपाउनु दुःखद भएको गुनासो गरे । ‘विपक्षी दलहरुले हारतको मानसिकतामा राजनीतिक प्रतिशोधका आधारमा गतिविधि गरेका छन् ।’-कनौजे मगरले भने, ‘विपक्षीको यो गतिविधिले जनस्तरमा त्रासको स्थिती सिर्जना भएको छ । सुरक्षा निकायलाई सुरक्षाको प्रत्याभुत गराउनका लागि आग्रह गर्न चाहान्छु ।’

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ११ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज