२२ भदौ २०८३, सोमबार | September 8, 2026

भैरहवामा प्रचार अभियान तीब्र पार्दै राजनीतिक दल



भैरहवा । रुपन्देहीको चासोको क्षेत्र रहेको भैरहवामा निर्वाचन गतिविधि बढेको छ । निर्वाचनमा होमिएका उम्मेदवारहरूले घरदैलोलाई प्राथमिकता दिँदै टोलमा प्रचार अभियान तीब्र पारेका छन् ।

सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १५ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दिएका छन् । ४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले अन्तिम समयमा तालमेल गरी उम्मेदवारी फिर्ता गराएको छ । एमालेबाट डा‍‍. रामप्रसाद बस्याल एक्लै घरदैलो दौडाहामा छन भने का‌ग्रेस, माओवादी केन्द्र सहितको समूह इस्तियाक अहमद खानसँगै घरदैलोमा छन ।

यस्तै, राम्रै पकड बनाएका पूर्वमेयर सागर प्रताप राणा राप्रपाबाट प्रतिस्प्रधामा छन् । क‌ांग्रेसमा क्रियाशिल भएपनि अन्तिम समयमा टिकट नपाएर जसपा प्रवेश गरी मेयरकै भिडमा थपिएका मातृका प्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट जुम्मन नाउ, नेकपा एकिकृत समाजवादीबाट थम्मन पुन, जनमत पार्टीबाट ब्रदी नारायण मुराव, लोसपाबाट मोहम्मद वसीर मुसलमान, नेपाल जनता पार्टीबाट लालमन शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट हसनरजा मुसलमान र राष्ट्रिय जनमोर्चाबाट हिरालाल धामी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रुपमा भने ईश्वरी खडका, ख्यामान भुसाल, अशिष बुढाप्रित र तुलसी प्रसाद न्योपाने टिपी पनि आफ्नो एजेण्डासहित मेयरको लागि प्रचार प्रसारमा छन् ।

घरदैलोमा सर्वसाधरणको पनि उत्साहपूर्ण सहभागिता छ । गठबन्धनको घरदैलोमा टोलटोलबाट सर्वसाधारणको उलेख्य सहभागिता छ । गठबन्धनका उम्मेदवार टोलमा पुगेपछि मतदाताले पनि स्वागत गर्न र मत दिने आश्वासन दिइरहेका छन् ।

घरदैलोमा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले स्थानीय बासिन्दाका समस्याबारे पनि जानकारी लिने गरेका छन । निर्वाचित भएपछि समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनीहरुले मतदातालाई दिइरहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : ०८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार