४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवाजीले उम्मेद्‌वारी फिर्ताका लागि प्रेसर गर्नुभयो : पालुङटार मेयरका कांग्रेस उम्मेद्‌वार कँडेल



गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेद्‌वार दिपकबाबु कँडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेद्वारी फिर्ता लिनका लागि दबाब दिएको बताएका छन् ।

‘देउवाजीले मलाई पार्टीको निर्णय मान्नुुपर्छ भनेर भन्नुभएको हो । मैले पनि पार्टीको निर्णय मान्छु भनेकै हो । अर्को एउटा कुरा के पनि हो भने, पार्टीको आधिकारीक निर्णय भन्दा बाहिर जाने क्षमता पनि नभएकाले मैले त्यो विज्ञप्ति निकालेको हो । उहाँले उम्मेद्वारी फिर्ता लिनका लागि प्रेसर गर्नु भएकै हो’, कँडेलले भने । आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७९ अनुसार कुनै पनि उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिनका लागि कोही कसैले दबाब दिनु, बाधा, अवरोध पुर्‍याउनु हुँदैन । त्यसो गरेर आचारसंहिता उल्लंघन हुन्छ ।

गत १० वैशाखमा नै जिल्लामा सत्तारूढ दलहरु मित्रवत प्रतिस्पर्धा गर्दै एक्लाएक्लै चुनाव लड्ने निर्णय गरिसकेका थिए । गृह जिल्ला गोरखा भएका जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ । सोही कारण भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग जसरी हुन्छ तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् ।

जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाए सरकार ढाल्ने बताएपछि देउवाले गत शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा आफ्ना पार्टीका मेयर पदका उम्मेद्वारको उम्मेद्वारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।

तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेद्वार दिपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्‍यो । यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेद्वारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको