२२ भदौ २०८३, सोमबार | September 7, 2026

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई फकाउन ईश्वर पोखरेल पुगे पोखरा पुरुन्चौर



पोखरा । नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो ।

उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले पछि लड्न राजी भइन् । थापा र गुरुङ पोखरामा केन्द्रीय सदस्य खगराज अधिकारी गुटका हुन् ।

पौडेल भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । लामो समय अध्यापन गराएर सक्रिय राजनीतिमा लागेका पौडेलको टिकट खोसिएन मात्रै उनी घरबाट निस्किनै नसक्ने गरी प्रतिष्ठामा आँच आउने काम भयो । उनका आफन्तहरूले तत्काल घरबाट ननिस्किन आग्रह गरेको बताइएको छ ।

हुन पनि टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा छैनन्, उनी घरमै आराम गरेर बसिरहेका छन् । पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुगेका छन् । पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ ।

पार्टीले अन्याय गरेको पौडेलले पोखरेललाई गुनासो गरे ।  ‘उहाँसँग धेरै गुनासा थिए । ति गुनासा राख्नुभयो,’ एक नेताले भने, ‘अन्तिममा एमालेले पोखरामा चुनाव जित्ने र त्यसमा निश्चिन्त रहन भन्नुभयो ।’ पोखरेलले पौडेलको योगदान पार्टीले नभुल्ने विश्वास दिएर फर्किएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ४४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार