१९ बैशाख २०८३, शनिबार | May 2, 2026

नेपालगञ्जमा गठबन्धनका मेयर उम्मेदवार विष्टको प्राथमिकता ग्रामिण वस्ती



नेपालगञ्ज । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले नगरभित्रका ग्रामीण क्षेत्रहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । मतदातालाई भेट्ने क्रममा वडा नम्बर २३ लोहारपुरवा पुगेका विष्टले उपमहानगरभित्र रहेर पनि भौतिक र सामाजिक विकासमा पछि परेका बस्तीहरुलाई माथि उठाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

‘मलाई जिताउनुस्, म गाउँ र शहरका सबै नागरिकहरुलाई उत्तिकै महत्व दिएर काम गर्छु, ग्रामीण क्षेत्र अझ पछाडि परेकाले अवश्य पनि बढी प्राथमिकता दिएर काम गर्छु,’ विष्टले भने, ‘सेवा सुविधा दिने कुरामा पनि मेरो विशेष ध्यान रहन्छ ।’ उनले ग्रामीण बजारलाई प्रबद्र्धन गर्ने गरी काम गर्ने पनि बताए ।

वडा नम्बर १८ मा घरदैलो

यस्तै नगर प्रमुख पदका उम्मेदवार विष्टले आजै वडा नम्बर १८ तेजनगरमा वडाका उम्मेदवारहरुसंगै घरदैलो गरेका छन् । वडा अध्यक्षका उम्मेदवार मंगल प्रसाद बर्मा (सानु), महिला सदस्य उम्मेदवार केशु पोख्रेल, दलित महिला सदस्य सरोज खटिक तथा खुला वडा सदस्यका उम्मेदवारहरु राम बहादुर भण्डारी र रामप्रकाश मौर्य पनि घरदैलोमा सहभागी थिए । घरदैलोमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, काँग्रेसका जिल्ला उपसभापति गोपाल अधिकारी, क्षेत्रीय सभापति रमेश गुप्ता, नेता ललित रौनियार लगायतका नेता कार्यकर्ता पनि संगसंगै हिंड्ेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : ३७ बजे

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता हुँदै

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान