१९ बैशाख २०८३, शनिबार | May 2, 2026

जनजीविकाका कुरा गर्छौं, रेलका सपना बाँड्दैनौं : एकीकृत समाजवादी नेता पुन



भैरहवा । नेकपा एकीकृत समाजवादी पार्टी सिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदवार थमन पुन (कुलेन्द्र)ले आफूहरुले कहिल्यै पनि असम्भव सपनाहरु नबाँड्ने बताएका छन् । उनले पानी जहाज, रेलका कुरा गरेर मात्रै नहुने भन्दै जनअपेक्षाअनुसार काम गर्न आफूले मेयरमा उम्मेदवारी दिएको जनाए ।

सोमबार भैरहवा मर्निङ्गवाक ग्रुपद्वारा आयोजित मेयर पदका उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पुनले भने, ‘हिजो रेल र पानी जहाजका सपना बाँडिए, जनताले खोजेको विकास हो । न रेल आयो, न पानी जहाज । जनताले विकासको अनुभूति नै गर्न पाएनन् । त्यसैले नागरिकको जीवनमा प्रत्यक्ष सरोकार राख्ने विषय हाम्रो पार्टी र मेरो एजेन्डा हो ।’

उनले गत २०७४ को निर्वाचनमा भैरहवा, बुटवल र लुम्बिनीमा मोनोरेलको असम्भव सपना बाँडिएको जनाए । उनले आफूले जिते पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई राखेर काम गर्ने प्रतिबद्धता जनाए । ‘मानिस स्वस्थ रहे बल्ल उसले काम गर्न सक्छ, त्यसैले हाम्रो पहिलो लक्ष्य नागरिकलाई स्वस्थ राख्ने नै हो’, उनले भने ।

उनले स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी प्रत्येक नागरिकका लागि निःशुल्क गर्ने जनाए । सामुदायिक विद्यालयको पठनपाठन सुधार गर्न योजनाबद्ध काम गर्ने उनले जनाए । पूर्वाधार थप गरेर निजी विद्यालय भन्दा सरकारी विद्यालयलाई अब्बल बनाइने उनले योजना सुनाए ।

यस्तै, पुनले युवा श्रम गठन गरि नगरमा रहेका युवाहरुको अवस्था बारे जानकारी लिने बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउँदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्नहरुको सेवामा खर्च गर्ने बताए । ‘म निर्वाचित भएँ भने कुनै पारिश्रमिक र भत्ता लिँदैन’, उनले भने, ‘सबै सामाजिक काममा लगाउँछु ।’ उनले नगरलाई भ्रष्टाचार मुक्त बनाई सुशासन कायम गर्न लागि पर्ने प्रतिबद्धता गरे ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : ५० बजे

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता