१६ माघ २०८२, शुक्रबार | January 30, 2026

भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेसमा प्रवेश



काठमाडौं । चलचित्र अभिनेता भुवन केसी र अभिनेतृ स्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

अभिनेता केसी र खड्कासहित कलाकार रविन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका छन् । त्यसक्रममा देउवाले नवप्रवेशी कलाकारहरुलाई पार्टीमा सम्मानपूर्वक उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

यसअघि एमालेको सदस्यता लिएका केसी पछिल्लो समय निस्क्रिय थिए । कलाकारहरुलाई कांग्रेसमा भित्र्याउन अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । खड्का भने पहिलोपटक कुनै पनि राजनीतिक दलमा खुलेकी हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ४८ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता