१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

मनाङका गाउँमा बढ्यो निर्वाचन चहलपहल



लमजुङ । हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् ।

सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ ।
स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि झनै व्यापार व्यवसाय वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसायी उत्साहित छन् ।

स्थानीय व्यापारी म्याक्स विश्वकर्माले निर्वाचनको घोषणा भएपछि गाउँ मानिसको चहलपहल बढेको बताए । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । विषेशगरी यसअघि काठमाडौं बसेका मनाङबासी अहिल गाउँ फर्किएर चुनावी अभियानमा लागेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : ५९ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति