१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो



काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगर पालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । शैक्षिक प्रमाणपत्र ढाटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई पाँच वर्ष जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

१६ वैशाखमा परेको उजुरीमा सुनितामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय गराई उनले प्राप्त गरेको रकम तथा जरिवानासमेत असुल उपर गराउन माग गरिएको छ ।

काठमाडौं महानगरपालिका जस्तो सार्वजनिक निकायमा कुनै पनि सल्लाहकार नियुक्ति हुन सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर तह उत्तिर्ण गरी विशेष अनुभव भएको व्यक्ति हुनुपर्ने उजुरी कर्ताको दाबी छ । तर, समाजशास्त्र विषयमा स्नातक तह उत्तिर्ण गरेकी सुनिताले विज्ञको रूपमा नियुक्ति पाएको आरोप उजुरीकर्ताको छ ।

काठमाडौं महानगर पालिकामा रहेको सहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेकी सुनिताले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत पाँच वर्षदेखि सहरी विकास परियोजाको सल्लाहकारमा नियुक्ति लिएको उजुरीकर्ताले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।

त्यसबापत उनले मासिक ८० हजार तलबभत्ता प्राप्त गर्ने गरेको समेत आरोप लगाइएको छ । त्यसरी शैक्षिक योग्यता ढाँटेर कानुनले तोकेभन्दा बढी तलब भत्ता लिइए भ्रष्टाचार गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गरिएको हो । उजुरी परेको विषयमा सुनिताले भने राजनीतिक प्रतिशोध साँध्न यस्तो आरोप लगाइएको बताएकी छिन् ।

आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो,’ सुनिताले भनिन् ।

आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलब भत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारी लिएको बताइन् । ‘तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटौँ तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो,’ सुनिताले भनिन् ।

नगरसभाबाट भएको निर्णयअनुसार नै आफू सहायक विज्ञको रूपमा काम गरेको भन्दै उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले तपाईं विज्ञता हामीलाई चाहियो भनेपछि मैले काम गरेकी हुँ ।’

उजुरी परेको सम्बन्धनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आफ्नो जानकारीमा नआएको बताए । ‘उजुरी परेकोबारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन्,’ भण्डारीले भने ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ०० बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति