१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मतदातालाई बाढ्न लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो ।

एमालेले मतदाता प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पाइप हाल प्रहरी चौकी खानीडाँडामा राखेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । यो पाइप अब ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनपछि फिर्ता दिने प्रहरीले जनाएको छ ।

वडा सचिव पवन श्रेष्ठले वडा कार्यालय लैजादै गरेको अवस्थामा प्रहरीले पाईप नियन्त्रणमा लिइएको बताए । वडा कार्यालयले हरेक वर्ष डेढ लाखको पाईप खरिद गरेर दलित, जनजाति, महिला लगायतलाई वितरण गर्दैआएको उनको भनाइ छ । सोही अनुसार वडा कार्यालयले गत चैतमै पाइप बाँड्ने निर्णय गरेको थियो । तर, हार्डवेयर पसलका सञ्चालकहरूले ढिला गरी पाईप ल्याएकाले तोकिएको समयमा पाईप बाँड्न नसकिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए । चाम्लिङ पुनस् एमालेबाट वडाध्यक्ष बन्ने चुनावी दौडमा छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : १० बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश