३० बैशाख २०८३, बुधबार | May 13, 2026

बेलवास-बेथरी सडकलाई राजमार्गमा जोड्न मतदाताको माग



बुटवल । बुटवल १३ का मतदाताले बेलवास-बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् । पर्यटन मार्गको रुपमा निर्माणाधिन वेलवास-वेथरी सडक खण्डको नामसंग वेलवास जोडिएपनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई पूर्वपश्चिम राजमार्गको बेलवास झोलुङ्गेपुलचोक सम्म जोड्न आग्रह गरेका हुन् ।

स्थानीय तह निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा पुगेका नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईसमक्ष स्थानीयले बेलवास-वेथरी पर्यटन सडक निर्माण सम्पन्न हुने चरणमा रहेकाले यसलाई नहरपुरचोकदेखि विस्तार गरेर राजमार्गसम्म ल्याउन माग गरेका हुन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि बुटवल,ऐतिहासिक नुवाकोटगढी,पाल्पा हुंदै पोखरा जाने यात्रुहरुका लागि समेत यो सडक छरितो हुने भएकाले यसलाई छिटो राजमार्गसंग जोड्न माग गरेका हुन् ।

उनीहरुले वडाका सवै टोलमा खुला ब्यायामशाला निर्माण गर्न,पाणिनि उद्यानका लागि यथेष्ट बजेट बिनियोजन गर्न, बिपन्न परिवारका कम्तिमा एकजना सदस्यका लागि रोजगारीको ब्यवस्था गर्न माग गरे । साथै नेकपा एमालेले शुरु गरेको सामाजिक सुरक्षा भत्ता कार्यक्रम अत्यन्तै प्रभावकारी रहेकाले यसलाई अझ ब्यवस्थित गर्न माग गरेका छन् । बृद्धबृद्धाहरुको नियमित स्वास्थ्य जांचको ब्यवस्था मिलाउन,उनीहरुको मनोरञ्जनका लागि खुला मनोरञ्जन क्षेत्र बनाउन समेत मतदाताले आग्रह गरे । उनीहरुले टोलटोलमा सामुहिक लगानी मार्फत सामुहिक आम्दानी हुने खालका कार्यक्रमहरु ल्याउन उम्मेदवार भट्टराई समक्ष आग्रह समेत गरे ।

मतदाताहरुका मागलाई सम्वोधन गर्दै उम्मेदवार भट्टराईले स्थानीयले उठाएका मुद्धा आफुहरुले घोषणा पत्रमा लिपिबद्ध गरेर सार्वजनिक गरेको भन्दै आम मतदाताका चाहनासंग आफ्नो घोषणापत्र मेल खाएकोमा खुसी ब्यक्त गरे । ‘तपाईहरुले राखेका चाहनाहरु हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,तपाई हाम्रा मुद्धा मेल खाएका छन्’-भट्टराइले भने । बेलवास-बेथरी सडकखण्डलाई राजमार्गसंग जोड्ने विषय छिट्टै सम्वोधन हुने उनले बताए ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट उपप्रमुख पदका उम्मेदवार सावित्रा अर्याल,बुटवल १३ बाट वडा अध्यक्ष पदका उम्मेदवार शोभाखर पोख्रेल,सदस्य पदका उम्मेदवारहरु मन्दिरादेवी गौडेल, कृष्णा सुनार, झविन्द्र थापा, दलबहादुर थापा, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी लगायतका नेताहरु सहभागी थिए । जितगढी स्थित दूर्गामन्दिरबाट शुरु भएको घरदैलो कार्यक्रम जवईमा पुगेर समापन भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : २५ बजे

संसदमा प्रधानमन्त्री बालेन्द्रको खोजी, रुलिङ गरेर बोलाउन प्रमुख प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका-२ रातामाटेमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य