२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सेनाको विमानमा चितवन पुगे प्रधानमन्त्री देउवा : चढेनन् सरकारी गाडी



चितवन । गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलबाट बा३च २०५० नम्बरको निजी गाडीमा चढेर देउवा होटेल सिराइचुली पुगेका छन् । निर्वाचन आचारसंहिता लाग्ने भएकाले उनी निजी गाडी चढेका हुन् ।

देउवाविरुद्ध आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ । बहालवाला प्रधानमन्त्री कुनै दलका उम्मेदवारको प्रचारप्रसारका लागि सरकारी सम्पत्तिको प्रयोग गरेर आउन लागेको भन्दै अधिवक्ता सुनिता अधिकारीले उजुरी हालेकी हुन् ।

पाँच दलीय गठबन्धनले बिहीबार केन्द्रीय बसपार्कमा चुनावी सभाको आयोजना गर्दै छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : ३६ बजे

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव