२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ ।

आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाई सम्पन्न भएको छ । वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न आयोगले आदेश दिएको छ ।

उपर्युक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ ।

साथै, मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : २४ बजे

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम