१६ बैशाख २०८१, आइतबार | April 28, 2024

अघिल्लो निर्वाचनका एमालेका सपना सपनामै सिमित : चन्द्र भण्डारी



बुटवल । काँग्रेस नेता डा. चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताएका छन् । सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहिबार बुटवलमा आयोजना गरिएको महिला भेलामा बोल्दै नेता भण्डारीले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताए । उनले एमालेका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गरे ।

नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाए ।

उनले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको बताउँदै हुनै नसक्ने सपना बाडेर जनता झुक्याउने काम काँग्रेसले नगर्ने पनि बताए ।

बुटवलको हकमा जनतामा भिजेका र जनताको सेवामा प्रतिवद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न मतदातासँग भण्डारीले आग्रह गरे ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार खेलराज पाण्डेयले आफूले जितेमा बुटवललाई नमुना सहरको रुपमा बिकास गर्ने र चुनाव गरेका बाँचा ५ वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवललाई मानवताको सहरको रुपमा बिकास गर्ने र बुटवलमा लैंगिक विभेद हुन नदिने पनि प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

सत्ता गठबन्धनको तर्फबाट महिला परिचालन समितिकी संयोजक जमुना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, नेता युवराज गिरी लगायतले बुटवलको विकासको लागि कुनैपनि हालतमा गठबन्धनका उम्मेदवारले जित्नु पर्ने र त्यसमा सबैले साथ दिन आग्रह गरे ।

महिलाहरुको चुनावी भेला भएपनि सत्ता गठबन्धनबाट बुटवलमा मेयर र उपमेयर दुबै पदमा पुरुष उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ६ : ४१ बजे

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको