२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ओलीले पनि गठबन्धन गर्नु भएको छ, तीनको अनुहार हेर्नुहोस् : कांग्रेस नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालमा प्रगतिशिल र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको बताएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा यो प्रतिस्पर्धा अझ चुलिएको उनले बताए ।

‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ । गठबन्धनलनाई कमजोर बनाउनु भनेको अस्थिरतलाई साथ दिनु हो,’ कांग्रेस नेता पौडेलले भने, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज कांग्रेस र कम्युनिस्टको झगडा होइन । प्रतिगामी शक्ति विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ ।’

राजनीतिक स्थिरत कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे । स्थिरिता नहुँदा विकास हुन नसकेको उनले बताए ।

‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नु भएको छ । क–कसलाई लिएर गर्नु भएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भने ।

केही समय राजनीतिक स्थीरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उनले जनाए । उनले थपे, ‘हामी आफैले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौं ।’

ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरता तर्फ धकेलिएको दाबी उनले गरे । यसैकारण आज ओलीलाई बलियो बनाउन गठबन्धनको विरुद्धमा कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ४१ बजे

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा