२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एमसीसीको सबैभन्दा बढी फाईदा बुटवल, भैरहवा र दाङले पाउने छ : प्रधानमन्त्री देउवा



बुटवल । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्यन्त ठुलो अत्याचारका कारण गठबन्धन बनेको बताएका छन् । गठबन्धनले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको भविश्यलाई जोगाउन गठबन्धनको निर्माण गर्नु परेको बताए ।

देउवाले जनताले ५ वर्षका लागि बनाएको संसदलाई प्रधानमन्त्रीलाई गाली ग¥योकी संसद भङ्ग गरिदिने ओलीको कदमलाई रोक्न गठबन्धन बनाउन जरुरी देखिएको बताए । उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे । ‘विरोध गर्यो की पार्लामेण्ट भङ्ग गरिदिने, ५ वर्षलाई बनेको पार्लामेण्ट भङ्ग गर्ने ? लहडकाभरमा संसद भङ्ग गर्न पाईंदैन, संविधानले दिँदैन ।’ उनले भने ।

उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले एमसीसीले सबै भन्दा बढी बुटवल, भैरहवा र दाङका जनतालाई फाईदा पुगेको दाबी गर्दै बुटवलबाट भालुवाङ हुँदै लमहीसम्मको अत्याधुनिक बाटो एमसीसीबाटै छिट्टै बन्ने जानकारी दिए । उनले सुकुम्बासीहरुको समास्या समाधानका लागि भुमि आयोग सक्रिय रहेको जनाउँदै छिट्टै सुकुम्बासी समस्या समाधान हुने बताए ।

बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने पनि बताए । बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : २० बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा