२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध



काठमाडौं। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।

मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : ५९ बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु