२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एमाले अध्यक्ष ओली आज बुटवल आउँदै



बुटवल । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन ।

बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आउने भएका हुन ।

बुटवलको देवीनगर स्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट हजारौं जनता जुटाउने योजना रहेकाे  नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए ।

रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी केसीले बताए । नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

आज दिउसो १२ बजे सुरु हुने चुवानी आमसभालाई पार्टीका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु प्रसाद पौडेल, सचिव छविलाल बिश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ०० बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी