७ पुस २०८२, सोमबार | December 23, 2025

एमाले अध्यक्ष ओली आज बुटवल आउँदै



बुटवल । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन ।

बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आउने भएका हुन ।

बुटवलको देवीनगर स्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट हजारौं जनता जुटाउने योजना रहेकाे  नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए ।

रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी केसीले बताए । नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

आज दिउसो १२ बजे सुरु हुने चुवानी आमसभालाई पार्टीका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु प्रसाद पौडेल, सचिव छविलाल बिश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ०० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत