७ पुस २०८२, सोमबार | December 23, 2025

तुलसीपुर र घोराहीमा आज गठबन्धनको चुनावी सभा



दाङ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनले आज दाङको तुलसीपुर र घोराहीमा बृहत चुनावी सभा गर्ने भएको छ ।

तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागिएको कांग्रेस दाङले जनाएको छ ।

तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल लगायतका शीर्ष नेता आउन लागेका छन् ।

तुलसीपुरमा दिउँसो साढे १२ बजेदेखि सभा सुरु हुने कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए । तुलसीपुरको कार्यक्रमपछि नेताहरु घोराहीको सभालाई सम्बोधन गर्ने जाने डाँगीले बताए । गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिका मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार छन् ।

घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : ०७ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत