२१ बैशाख २०८३, सोमबार | May 4, 2026

प्रचण्डले अडानका साथ पुनः भने – गठबन्धनले नजिते देश दुर्घटनामा पर्छ



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने कुरा पुनः दोर्‍याएका छन् ।

पोखरामा गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि गठबन्धनले जित्नुपर्ने धारणा राखेका हुन् । दुई दिन अघि चितवनमा आयोजित सभामा यही विषयलाई प्रचण्डले उठाएपछि उनको धेरैतिरबाट आलोचना भएको थियो । तर, प्रचण्डले पुनः अडानका साथ थप स्पष्ट पार्दै गठबन्धनले चुनाव जित्नुपर्ने तर्क गरेका हुन् ।

प्रचण्डले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको देशलाई दुर्घटनाबाट बचाउन गठबन्धनले चुनाव जित्नुपर्ने जिकिर गरे । उनले सम्बोधनका क्रममा भने, ‘ गठबन्धनले जिते गणतन्त्र, संविधानको रक्षा र अर्कोतिर सबैलाई फाइदा हुन्छ। गठबन्धन दायाँबायाँ भए देश पुनः दुर्घटनामा जानसक्छ ।’

‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र र संघीयताविरुद्ध हुँदै थियो, त्यसविरुद्ध यो गठबन्धन जन्मिएको हो। यसविरुद्ध राजावादीहरुको गठबन्धन बनेको छ’,
उनले थप स्पष्ट पार्दै भने, ‘अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी बचाउनको लागि हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयर र वडाहरुमा पनि विजयी गराएर गठबन्धनको संस्कृतिलाई, गठबन्धनबाटमात्रै राजनीतिक उपलब्धि बचाउने सम्भावना छ।’

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ५१ बजे

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक