२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रचण्डले अडानका साथ पुनः भने – गठबन्धनले नजिते देश दुर्घटनामा पर्छ



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने कुरा पुनः दोर्‍याएका छन् ।

पोखरामा गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि गठबन्धनले जित्नुपर्ने धारणा राखेका हुन् । दुई दिन अघि चितवनमा आयोजित सभामा यही विषयलाई प्रचण्डले उठाएपछि उनको धेरैतिरबाट आलोचना भएको थियो । तर, प्रचण्डले पुनः अडानका साथ थप स्पष्ट पार्दै गठबन्धनले चुनाव जित्नुपर्ने तर्क गरेका हुन् ।

प्रचण्डले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको देशलाई दुर्घटनाबाट बचाउन गठबन्धनले चुनाव जित्नुपर्ने जिकिर गरे । उनले सम्बोधनका क्रममा भने, ‘ गठबन्धनले जिते गणतन्त्र, संविधानको रक्षा र अर्कोतिर सबैलाई फाइदा हुन्छ। गठबन्धन दायाँबायाँ भए देश पुनः दुर्घटनामा जानसक्छ ।’

‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र र संघीयताविरुद्ध हुँदै थियो, त्यसविरुद्ध यो गठबन्धन जन्मिएको हो। यसविरुद्ध राजावादीहरुको गठबन्धन बनेको छ’,
उनले थप स्पष्ट पार्दै भने, ‘अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी बचाउनको लागि हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयर र वडाहरुमा पनि विजयी गराएर गठबन्धनको संस्कृतिलाई, गठबन्धनबाटमात्रै राजनीतिक उपलब्धि बचाउने सम्भावना छ।’

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ५१ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य