१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

ओलीलाई कांग्रेसको जवाफ – कांग्रेसले लागु गरेको नीति र कार्यक्रमको ब्याजसमेत खाने पार्टी एमाले



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा। प्रकाशसरण महतले नेपाली कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याजसमेत नेकपा एमालेले खाइरहेको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस कुनै नीति नै नभएको पार्टी भएको बताएका थिए । त्यसको खण्डन गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘सामुदायिक वनको अवधारणा ल्याएर नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी कांग्रेस हो । नेपाली कांग्रेसले जुन नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्‍यो, त्यसको ब्याज साँवासहित खाने पार्टी एमाले हो । झुठो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ ।’

नेपाली कांग्रेसले ल्याएको आर्थिक उदारीकणको नीतिअनुसार नै निजी उद्योग व्यवसाय फस्टाएको बताए । ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, जताततै निजी उद्योग व्यवसायहरू फस्टाउन थाले,’ प्रवक्ता महतले भने, ‘उहाँ चाहीँ बासँबारी छाला जुत्ता कारखानाको उदाहरण दिनुहुन्छ । त्यसको ठाउँमा त संयौ छाला जुत्ता कारखाना खुलेको त बिर्सिनुभयो । एउटा उदाहरण उहाँ दिइराख्नुहुन्छ । र त्यो ठाउँमा गंगालाल हृदय रोग केन्द्र स्थापना भएको उहाँले बिर्सिनुभयो ।’

नेकपा एमालेलाई कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको बताए । ‘उहाँहरूलाई नेपाली कांग्रेसको विरोध गर्ने कुनै आधार छैन । जहिले पनि विकास भनेको नयाँ प्रविधि, नयाँ फड्को मार्ने हो,’ प्रवक्ता महतले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : ४९ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको