२८ असार २०८३, आइतबार | July 12, 2026

संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति र पाँच दलीय गठबन्धनद्वारा आज चन्द्रागिरि–१० बुद्ध मन्दिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री श्रेष्ठले संविधान जोगाउन र समग्र चन्द्रागिरिको विकास गर्न गठनबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन आह्वान गरे । उनले भने, “कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको हो । नेकपाको पूर्ववर्ती सरकारबाट पटक–पटक संविधानको मर्ममाथि प्रहार भयो । पछिल्लो समय विधिको शासन जोगाउन नै कांग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको हो । यो गठनबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँछ ।”

सिंहले भने, जनताका सेवक भई पाँच वर्ष चन्द्रागिरि नगरकोको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विकासमा नवीनतम काम गरेका नगरप्रमुख नै पुनः मेयर पदको उम्मेदवार बन्नुभएको छ । उहाँको अधुरा काम पूरा गर्न उहाँ सहित गठबन्धनका उम्मेदवारलाई पुनः मतदान गर्न म नगरवासीलाई आग्रह गर्दछु ।”

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजन केसीले पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम बनेको जिकिर गरे । उनले भने, “कांग्रेसले बाध्यता र राष्ट्रिय आवश्यकताले सरकारको नेतृत्व गरेको हो । सरकारले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन स्थानीय निर्वाचन सम्पन्न गर्न लागेको हो । यो निर्वाचनमा चन्द्रागिरिको विकासमा अथक योगदान दिँदै आउनुभएका पूर्व नगरप्रमुखको गठनबन्धनको टिमलाई अत्यधिक मतले विजय गराउन म नगरवासीसमक्ष आग्रह गर्दछु ।”

कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरप्रमुखका उम्मेदवार घनश्याम गिरीले विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि कर्मचारी, रकम, आवश्यक कानुन तथा कार्यपालिकामा बहुमत नहुँदा आफूले शून्य अवस्थाबाट काम थालेको स्मरण गर्दै पाँच वर्षमा नगरको पूर्वाधार विकासमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए । उनले भने, “अहिले नगरको आफ्नै प्रशासनिक भवन छ । रु एक अर्बको लगानीमा थानकोटमा अस्पताल बन्दैछ । शिक्षा, खानेपानी, सडक पूर्वाधारमा नवीनतम काम भएका छन् । राजनीतिक एकता र सहकार्यले मैले काम गरेँ । ‘उत्पादन रोजगार र वजारीकरण ः प्रविधि युक्त सुशासन’ ध्येयका साथ पुन : उम्मेदवारी दिएको छु । ”

राष्ट्रिय जनमोर्चाका नेता एवं उपप्रमुख पदका उम्मेदवार रोशन दानीले प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी गराउन आग्रह गरे ।

कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका उपसभापति एवं चुनाव प्रचार–प्रसार समितिका संयोजक राजेन्द्रविक्रम बाँनियाले विकासका पूर्वाधार तयार पारेका पूर्व नगरप्रमुखको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ५४ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै