७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ ७ गते आउने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन् । । पाण्डेले सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने बताए ।

सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन ।

प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए । उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रश्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गरे । जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए । जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रश्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रवक्ता पाण्डले भने, राष्ट्रपति ज्युबाट बजेट अधिवेशन आह्वान भएपछि जेठ ३ गते ४ बजेको लागि महासचिव ज्युले सूचना जारी गरिसक्नु भएको छ । प्राविधिक साथीहरुको सहयोगमा भौतिक रुपमा गर्ने तयारीहरु सकिएको छ । उपकरणहरुको टेस्ट गर्ने,हलभित्र मर्मत तथा सरसफाइ गर्ने काम सम्पन्न भइसकेको छ । सुरक्षा प्रवद्र्धन भइसकेको छ । सुरक्षा मापदण्ड पहिलाकै अपनाउने योजना रहेको छ । कोरोना कम भए पनि मास्क लगाउने,सेनिटाइजर लगाउने काम यथावत रहन्छन् । कार्यव्यवस्था शाखाले ३ गतेबाट कार्ययोजना प्रश्ताव गरिसकेको अवस्था छ । जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रश्ताव पेस गर्नुहुन्छ । जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुन्छ । जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । त्यसको संशोधन र छलफल ८,९,१० र ११ गते निर्धारण हुने देखिन्छ । जेठ १२ वा १३ गते सदनमा आर्थिक सर्वेक्षण अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुन्छ । त्यसपछि संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण हुन्छ । त्यसपछि आर्थिक विधेयक र पुरक विधेयकहरु प्रश्तुत र छलफल हुनेछ । जेठ महिनाको अन्तिम प्रतिनिधि सभाका कार्यक्रमहरु निरन्तर जाने देखिन्छ । त्यस्तै, राष्ट्रिय सभाको पनि जेठ ३ गते नै बैठक शुरु भएर क्रमशः अगाडि बढ्छ ।’

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए । पाण्डेका अनुसार प्रतिनीधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ४१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज