१७ माघ २०८२, शनिबार | January 31, 2026

बुटवलमा भएको विस्फोटबाट व्यवसायीक सटरमा प्वालैप्वाल, नामै नसुनिएको नेकपा माओवादीको पर्चा भेटियो



बुटवल । नेपालमा निर्वाचन नजिकिएसँग नयाँ नयाँ नामको समुहहरु जन्मने गर्दछन् र अस्तित्वमा आउनका लागि घटनाहरु घटाउने गर्ने गरेका छन् । त्यसैको पछिल्लो कडीकारुपमा स्थानीय तह निर्वाचन आउन ३६ घण्टा बाँकी छंदा बुटवलमा पुनः एउटा नयाँ नामबाट विस्फोटको घटना घटाइएको छ ।

बुटवलको व्यस्त मध्यभागको राजमार्ग मिलनचौकमा सम्साँझै कुकर वम विस्फोट गराएर कम्युनिष्ट नामको अर्को समुह अस्तित्वमा आउने प्रयास गरेको देखिएको छ । बुटवलमा अहिले सम्म अस्तित्वमा नआएको समुहबाट विस्फोट हुँदा एउटा पसलका सटरमा प्वाल परेको छ । घटनाहरुथलमा कुकरका टुक्राहरु, विस्फोटमा जलेका केप तथा चुनाव बहिस्कारको नारा सहितको नेकपा माओवादी नामको पर्चा भेटिएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी विभाजित भएपनि नेकपा माओवादी नै नाम राखेर कुनै नेताले संगठन बनाएको नदेखिएपनि सामाजिक सञ्जालमा भने बेलाबखत नेकपा माओवादी, कमरेड नेपालको नामहरुबाट विज्ञप्तिहरु आउने गरेका थिए । विस्फोट भएको २ घण्टा बढी हुँदा पनि आधिकारीकरुपमा कसैले विस्फोटको जिम्मा लिएको छैन । घटनास्थलमा भेटिएको पर्चाका आधारमा प्रचण्डसँग असन्तुष्ट भएर सेना समायोजनमा असहमती जनाएको एक समुहबाट घटना भएको हुन सक्ने अनुमान गरिएको छ । झण्डै ५ वर्ष पहिले माओवादी कम्युनिष्ट सेण्टरको नामबाट अस्तित्वमा देखिएको समुह विभाजित भएर कमरेड नेपालको नामबाट गठन भएको नेकपा माओवादीको नामबाट कहिलेकाहीँ फेसबुकमा विज्ञप्ति आउने गरेको थियो ।

बुटवलको विस्फोटको घटनाले सुरक्षा निकायलाई थप चनाखो बन्नु पर्ने चुनौती थपिदिएको छ । घटनास्थलमा पुगेको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनाको आ आफ्नै तरीकाले अनुसन्धान थालेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ३३ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले