२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नौ जना उम्मेदवारको मृत्यु



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए ।

‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान गरेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृत्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ ।’

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी शोभावती कुर्मी र दाङ तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको सोमबार मृत्यु भएको थियो । महाराजगन्ज नगरपालिकाकी निवर्तमान उपप्रमुखसमेत रहेकी कर्मीको हृदयाघातका कारण तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लवरु चौधरीको निर्वाचन प्रचारप्रसारका क्रममा बिरामी परेपछि दुईपटक नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो ।

मिर्गौला र कलेजोसम्बन्धी समस्याबाट ग्रसित उनको थप उपचारका लागि राजधानीको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका-१७ का निवर्तमान वडासदस्य उनको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । उम्मेदवारको मृत्यु भएपछि रोकिएका लुम्बिनीका दुई स्थानमा आगामी जेठ ३ गते मतदान हुँदै छ । ‘उम्मेदवारको मृत्यु भएपछि रोकिएको कपिलवस्तुको महाराजगन्ज र दाङको तुलसीपुर-१७ मा आगामी जेठ ३ गते मतदान हुने तय भएको छ,’ उनले भने ।

उम्मेदवारको मृत्युपछि उनीहरूका आफन्तलाई सम्बन्धित राजनीतिक दलहरूले निर्वाचनको मैदानमा उम्मेदवार बनाएर उतारेका छन् । सहानुभूतिको मत तान्न कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवार बनेकी कुर्मीकी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको छ भने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीका छोरा प्रदीप चौधरीलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ ।

वैशाख २३ मा नेकपा एमालेबाट सिराहा नगरपालिका-५ का वडासदस्यका उम्मेदवार भएका मुना सेखको मृत्यु भएको थियो भने कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका-१० मा नेकपा माओवादी केन्द्रका वडासदस्य उम्मेदवार राजेन्द्र चौधरी थारूको मृत्यु भएको थियो ।

वैशाख १७ मा नेकपा एमालेबाट मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कुसुमी पासिनको मृत्यु भएको थियो । वैशाख १६ मा कपिलवस्तुको बुद्धभूमि नगरपालिका-८ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो । निर्वाचन प्रचारमा सक्रिय हुँदा मुटुमा समस्या देखिएपछि थप उपचारका लागि भारतको लखनउमा उनको मृत्यु भएको थियो ।

वैशाख १६ मा मोरङ केरावारी गाउँपालिकाका-२ मा नेपाली कांग्रेसबाट वडासदस्य उम्मेदवारी दिएका नवीन लिम्बु, रौतहट बृन्दावन नगरपालिका-५ मा जसपाकी महिला सदस्य उम्मेदवार मिना देवीको मृत्यु भएको थियो। त्यस्तै वैशाख १४ मा सुनसरी हरिनगर गाँउपालिका-६ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवनदेवी चमारको मृत्यु भएको थियो ।

आयोगका अनुसार कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर नगरपालिकाबाहेक अन्य ठाँउमा वैशाख ३० गते निर्वाचन हुँदै छ । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना पदाधिकारीहरू र ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरू समेत निर्विरोध निर्वाचित भएका छन् । आजको नागरिक दैनिकमा स्मृति ढुंगानाले यो समाचार लेखेकी छिन ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : ०६ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन