६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

वैज्ञानिक अनुसन्धान भन्छ : कोरोना रोक्न ट्रम्पले मार्केटिङ गरेको हाइड्रोक्सिक्लोरिक्वन औषधी घातक



कोरोना भाइरसबाट बच्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक मार्केटिङ गरिरहेको औषधी हाइड्रोक्सीक्लोरिक्वाइन घातक रहेको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

मलेरिया र बाथ रोग निदानका लागि चिकित्सकहरुले रिफर गर्ने यो औषधीलाई राष्ट्रपति ट्रम्पले कोरोना रोक्नसक्ने प्रभावशाली औषधी भन्दै व्यापक प्रचार गरिरहेका छन् । उनले यो औषधी आफु पनि सेवन गरेको बताएका छन् ।

तर, विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययनले हाइड्रोक्सीक्लोरोक्वाइन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लगाएको बीबीसीले जनाएको छ ।

चिकित्सकहरुलेयो औषधि सेवन गर्नु घातक हुने बारम्बार चेतावनी दिँदै आएका थिए ।

लान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अध्ययनबाट के पत्ता लागेको छ भने कोरोना संक्रमितलाई मलेरियाको उक्त औषधिबाट फाइदा नभएको पाइयो। बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइयो।’

हाइड्रोक्सीक्लोरोक्वाइन मलेरियाका बिरामीका लागि उपयोगी तथा बाथ र लुपुस रोगका लागि लाभदायक रहेपनि कोरोना संक्रमितका लागि यस औषधिले फाइदा पुर्‍याउने कुनै अनुसन्धानले नदेखाएको यस अघिदेखि नै विज्ञले बताइरहेका छन्।

लान्सेटले अध्ययनमा ९६ हजार कोरोना संक्रमित बिरामीलाई सामेल गराइएको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : २६ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको