१९ बैशाख २०८३, शनिबार | May 3, 2026

मत संकेत सार्वजनिक गरेको भन्दै आयोगले सोध्यो बाबुरामलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट आफुले छाता चिन्हमा गरेको मतसंकेतसहितको मतपत्र सार्वजनिक गरेका थिए ।

त्यसलगत्तै सबैतिरबाट आलोचना हुनथालेपछि भट्टराईले गोप्य मतदानप्रति असहमति जनाउँदै गोप्य मतदान भन्ने कुनै सिद्धान्त नभएको जिकिर गरेका थिए ।

तर निर्वाचन आयोगले भने गोप्य मतदान सार्वजनिक गरेको आरोपमा भट्टराईलाई १५ हजार रुपैयाँ जरिवाना किन गर्न नपर्ने भन्दै २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन भनेको छ । मतसंकेत सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था स्थानीय तह निर्वाचनको आचारसंहितामा रहेको छ ।

आयोगको स्पष्टिकरणसहितको पत्र भट्टराईलाई भाइबर मार्फत पठाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : १४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय