२३ बैशाख २०८३, बुधबार | May 6, 2026

देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध



काठमाडौं । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो ।

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्ला लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको परमसिंहदेवी मावि निधुरादिन ९क० मतदान केन्द्रको मतदान अवरुद्ध भएको छ । त्यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सावित्रा मावि बामराङ ‘ग’ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

दोलखाका तीन ठाउँमा मतदान प्रक्रिया अवरुद्ध भएको छ । तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको हो । त्यस्तै, सिन्धुलीको ९ वटा मतदान केन्द्रको मतदान अवरुद्ध भएको थियो । कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढीमा मतदान अवरुद्ध भएको थियो ।

धनुषाको मिथिला नगरपालिका, महोत्तरीको भँगाहा नगरपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका र हरिभवन नगरपालिका, धादिङको धार्के गाउँपालिका, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकात्तिक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिका गरी चार मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

सप्तरीको एक मतदान केन्द्रमा भने १ जेठमा मतदान हुनेछ । डाक्नेश्वरी नगरपालिका २ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुने भएको हो । मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । कतै सेनाको सुरक्षा निगरानीमा मतदान भइरहेको छ भने कतै यसअघि नै मतदान प्रक्रिया सकिसकेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ०४ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण