९ भदौ २०८३, मंगलबार | August 26, 2026

पाँच करोड भारतीयसँग हात धुने सुविधा छैन, नेपालमा उल्लेख्य सुधार



कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले साबुन पानीले मिचिमिचि २० सेकेण्डसम्म हात धुन निर्देशन जारी गर्यो ।
कोरोनाको महामारीको बीचमा अहिले आम मानिस हात धुने विषयलाई दैनिक जीवन व्यवहारको अभिन्न अंग बनाइसकेका छन् । नेपालमा पनि पटक पटक साबुन पानीले हात धुन जनतालाई सिकाईएको छ ।

एक अन्तराष्ट्रिय अनुसन्धान रिपोर्टले नेपालमा हात धुने व्यवस्था र स्वच्छतामा उल्लेख्य सुधार भएको रिपोर्ट प्रकाशित गरेको छ । तर, छिमेकी भारतमा पाँच करोड भन्दा बढी मानिस हात धुने सुविधाबाट वञ्चित भएको जनाएको छ ।

अमेरिकाको वासिङ्गटन विश्वविद्यालयमा इन्स्टिच्यूट अफ हेल्थ म्याट्रिक्स एण्ड इभालुएसन (आईएचएमई) का अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘भारतमा पाँच करोड भन्दा बढी भारतीयसँग हात धुने व्यवस्था छैन । जसका कारण उनीहरु कोरोना भाइरसबाट संक्रमित हुने र उनीहरुबाट अन्य व्यक्तिमा समेत संक्रमण फैलिन जोखिम धेरै रहेको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार निम्न एवं मध्यम आय भएका देशका दुई अर्ब भन्दा बढी मानिसमा साबुन र सफा पानीको उपलब्धता नहुँदा धनी देशको तुलनामा यी देशमा संक्रमण दर फैलिने जोखिम धेरै छ । यो विश्वको जनसंख्याको एक चौथाई हो ।

इन्भारोमेन्टल हेल्थ पर्सपेक्टिब्ज नामको जर्नलमा प्रकाशित अध्ययनका अनुसार सबसहारा अफ्रिका र ओसियानाका ५० प्रतिशत बढी मानिसमा राम्रोसँग साबुन पानीले हात धुने सुविधा छैन ।

आईएचएमईका प्रोफेसर माइकल ब्राउऐर भन्छन्, ‘कोभिड–१९ संक्रमणलाई रोक्ने महत्वपूर्ण उपाय हात धुने नै हो । तर, निराशाजनक कुरा त यो छ कि कैयौं देशमा यो सुविधा नै उपलब्ध छैन । ती देशमा राम्रो स्वास्थ्य सुविधान पनि सीमित छ ।’

अनुसन्धानमा पत्ता लागेको छ कि ४६ देशमा आधा भन्दा पनि जनसंख्यासँग साबुन पानीले हात धुने सुविधा छैन ।

भारत, पाकिस्तान, चीन, बंगलादेश, इन्डोनेसिया, नाइजेरिया, इथियोपिया, कंगोलगायतका हरेक देशमा पाँच करोड़ बढी मानिससँग हात धुने सुविधा छैन ।

ब्राउऐर भन्छन्, ‘ह्याण्ड स्यानिटाइजर जस्ता चिजको अस्थायी व्यवस्था त छ । तर, कोभिड –१९ को सुरक्षाका लागि दीघर्ककालीन उपायको अधिक जरुरी छ । हात धुने उचित व्यवस्था नभएकै कारण हरेक वर्ष ७ लाख बढी मानिसको मृत्यु हुनेगर्छ ।’ अध्ययनका अनुसार यी देशहरुमा घरबाहेक स्कूल, कार्यालय एवं स्वास्थ्य संस्था एवं सार्वजनिक स्थान, बजारमा हात धुने सविधा निकै कम रहेको छ ।

ब्राउऐर भन्छन्, विश्वको २५ प्रतिशत जनसंख्यासँग हात धुने प्रभावशाली सुविधाको पहुँच नहुँदा पनि सन् १९९० देखि २०१९ सम्ममा भने कतिपय देशले धेरै सुधार गरेका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार नेपाल, साउदी अरब, मोरक्को, तान्जानिया जस्ता देशमा हात धुने सुविधा विस्तार भएको र स्वच्छतामा सुधार गरेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : २६ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त