१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पाँच करोड भारतीयसँग हात धुने सुविधा छैन, नेपालमा उल्लेख्य सुधार



कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले साबुन पानीले मिचिमिचि २० सेकेण्डसम्म हात धुन निर्देशन जारी गर्यो ।
कोरोनाको महामारीको बीचमा अहिले आम मानिस हात धुने विषयलाई दैनिक जीवन व्यवहारको अभिन्न अंग बनाइसकेका छन् । नेपालमा पनि पटक पटक साबुन पानीले हात धुन जनतालाई सिकाईएको छ ।

एक अन्तराष्ट्रिय अनुसन्धान रिपोर्टले नेपालमा हात धुने व्यवस्था र स्वच्छतामा उल्लेख्य सुधार भएको रिपोर्ट प्रकाशित गरेको छ । तर, छिमेकी भारतमा पाँच करोड भन्दा बढी मानिस हात धुने सुविधाबाट वञ्चित भएको जनाएको छ ।

अमेरिकाको वासिङ्गटन विश्वविद्यालयमा इन्स्टिच्यूट अफ हेल्थ म्याट्रिक्स एण्ड इभालुएसन (आईएचएमई) का अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘भारतमा पाँच करोड भन्दा बढी भारतीयसँग हात धुने व्यवस्था छैन । जसका कारण उनीहरु कोरोना भाइरसबाट संक्रमित हुने र उनीहरुबाट अन्य व्यक्तिमा समेत संक्रमण फैलिन जोखिम धेरै रहेको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार निम्न एवं मध्यम आय भएका देशका दुई अर्ब भन्दा बढी मानिसमा साबुन र सफा पानीको उपलब्धता नहुँदा धनी देशको तुलनामा यी देशमा संक्रमण दर फैलिने जोखिम धेरै छ । यो विश्वको जनसंख्याको एक चौथाई हो ।

इन्भारोमेन्टल हेल्थ पर्सपेक्टिब्ज नामको जर्नलमा प्रकाशित अध्ययनका अनुसार सबसहारा अफ्रिका र ओसियानाका ५० प्रतिशत बढी मानिसमा राम्रोसँग साबुन पानीले हात धुने सुविधा छैन ।

आईएचएमईका प्रोफेसर माइकल ब्राउऐर भन्छन्, ‘कोभिड–१९ संक्रमणलाई रोक्ने महत्वपूर्ण उपाय हात धुने नै हो । तर, निराशाजनक कुरा त यो छ कि कैयौं देशमा यो सुविधा नै उपलब्ध छैन । ती देशमा राम्रो स्वास्थ्य सुविधान पनि सीमित छ ।’

अनुसन्धानमा पत्ता लागेको छ कि ४६ देशमा आधा भन्दा पनि जनसंख्यासँग साबुन पानीले हात धुने सुविधा छैन ।

भारत, पाकिस्तान, चीन, बंगलादेश, इन्डोनेसिया, नाइजेरिया, इथियोपिया, कंगोलगायतका हरेक देशमा पाँच करोड़ बढी मानिससँग हात धुने सुविधा छैन ।

ब्राउऐर भन्छन्, ‘ह्याण्ड स्यानिटाइजर जस्ता चिजको अस्थायी व्यवस्था त छ । तर, कोभिड –१९ को सुरक्षाका लागि दीघर्ककालीन उपायको अधिक जरुरी छ । हात धुने उचित व्यवस्था नभएकै कारण हरेक वर्ष ७ लाख बढी मानिसको मृत्यु हुनेगर्छ ।’ अध्ययनका अनुसार यी देशहरुमा घरबाहेक स्कूल, कार्यालय एवं स्वास्थ्य संस्था एवं सार्वजनिक स्थान, बजारमा हात धुने सविधा निकै कम रहेको छ ।

ब्राउऐर भन्छन्, विश्वको २५ प्रतिशत जनसंख्यासँग हात धुने प्रभावशाली सुविधाको पहुँच नहुँदा पनि सन् १९९० देखि २०१९ सम्ममा भने कतिपय देशले धेरै सुधार गरेका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार नेपाल, साउदी अरब, मोरक्को, तान्जानिया जस्ता देशमा हात धुने सुविधा विस्तार भएको र स्वच्छतामा सुधार गरेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : २६ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।