१२ पुस २०८२, शनिबार | December 27, 2025

७० वर्षीय कमलसिंह विष्टको भोट हाल्ने सपना अधुरै रह्यो



बैतडी । बैतडीका ७० वर्षीय एक वृद्धको भोट हाल्ने सपना अधुरै रहेको छ । पाटन नगरपालिका( ६ टुडेगैरका कमलसिंह विष्टलाई स्टेचरमा राखेर मतदान स्थलसम्म लगिएको थियो । मतदान स्थल पुग्ने बितिक्कै उनलाई भोट हाल्न चाँजोपाँजो मिलाइएको भए पनि उनको भोट नहाल्दै मृत्यु भएको छ ।

उनका आफन्त वसन्त बिष्टले भने,‘उहाँ बिरामी हुनुहुन्थ्यो । आफैँले भोट हाल्छु भनेपछी मतदानस्थल पुर्‍याएका हौँ । तर, पुग्ने बितिक्कै बेहोस हुनुभयो । अस्पताल लैजाने तयारी गर्‍यौँ । तर, उहाँको मृत्यु भइसकेको थियो ।’

कांग्रेसका कृयाशील सदस्य समेत रहेका मृतक विष्ट विकास निर्माणका कामहरूमा सरिक हुने गरेका थिए । उनी स्थानीय सिँचाइ उपभोक्ता समितिका अध्यक्ष समेत थिए । दीर्घरोगी विष्ट लामो समयदेखी नियमित औषधि सेवन गर्दै आएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ३० बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत